शैलुङमा अनधिकृत टहरामाथि कडाइ: १५ दिनभित्र हटाउन गाउँपालिकाको निर्देशन
- गाउँ सहर संवाददाता
- २ श्रावण शनिबार, २०८३ | २०:०४:०० मा प्रकाशित
दाेलखा । दोलखाको प्रसिद्ध पर्यटकीय गन्तव्य शैलुङ अब थप व्यवस्थित र स्वच्छ बनाउने अभियान सुरु भएको छ। यसअन्तर्गत शैलुङ गाउँपालिकाले अनुमति बिना निर्माण गरिएका अस्थायी टहरा, पसल तथा घरटहरा हटाउन सम्बन्धित व्यवसायी र व्यक्तिलाई १५ दिनको समयसीमा दिएको छ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कालापानी–शैलुङ मिनी ग्रेटवालदेखि शैलुङ डाँडासम्म अनधिकृत रूपमा निर्माण गरिएका संरचनाले प्राकृतिक सौन्दर्यमा असर पुर्याएको, फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनाएको तथा पर्यटकीय वातावरण अव्यवस्थित भएको जनाएको छ।
यससँगै गाउँपालिकाले उक्त क्षेत्रमा अबदेखि नयाँ अस्थायी संरचना निर्माण तथा व्यापार सञ्चालनमा पूर्ण रोक लगाएको छ। सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र हाल रहेका सबै अनधिकृत टहरा तथा पसल आफैं हटाउन आग्रह गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ। यो सूचना प्रमुख प्रशासकीय अधिकृत सञ्जिव न्यौपाने द्वारा हस्ताक्षरित छ।
यता, डिभिजन वन कार्यालय दोलखा ले पनि वन क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउने तयारी गरिरहेको जनाएको छ। कार्यालयका अनुसार अदालतको आदेश प्राप्त भएपछि डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढाइनेछ।
पछिल्ला केही वर्षयता शैलुङमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेसँगै अनियन्त्रित रूपमा अस्थायी टहरा निर्माण र व्यापारिक गतिविधि विस्तार हुँदै गएको थियो। यही अवस्थालाई नियन्त्रण गर्दै शैलुङलाई दीर्घकालीन रूपमा स्वच्छ, व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले गाउँपालिकाले यो अभियान सुरु गरेको जनाएको छ।
यसअघि नै गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कालापानी–मिनी ग्रेटवाल हुँदै शैलुङ प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क उठाउने व्यवस्था लागू गरेको छ। गाउँपालिकाका अनुसार उक्त रकम फोहोर व्यवस्थापन, प्राकृतिक सम्पदाको संरक्षण, पर्यटन पूर्वाधार विकास तथा शैलुङको समग्र प्रवर्द्धनमा खर्च गरिनेछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
- लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु, विभिन्न खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने
- भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे, म्हः पूजा र नेपाल संवत् नयाँ वर्ष पनि सोही दिन
- मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति
- राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब नाघ्यो, तीन महिनामै करिब २ खर्ब ४८ अर्बले वृद्धि
- तिहारमा फूलमाला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ ठाउँ, प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
प्रतिकृया दिनुहोस