कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ जनाको मृत्यु, भयावहको संकेत
- गाउँ सहर संवाददाता
- १२ बैशाख आइतबार, २०७८ | १७:२९:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ रहेको छ । योसहित कुल मृतकको संख्या ३ हजार १६४ पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा संक्रमित थपिएका छन् ।
काठमाडौँका १ हजार १ सय ३२, ललितपुरका २७० तथा भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको हो । देशभर २५२ जनाको आइसियु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४५० छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशमा सक्रिय केश १९ हजार ३८२ रहेको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ६९ छ ।
गत २४ घन्टामा ९ हजार २ सय ९२ पीसीआर तथा ७८६ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
प्रतिकृया दिनुहोस