मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- गाउँ सहर संवाददाता
- २९ बैशाख सोमबार, २०८२ | ०५:४५:०० मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतमहिनासम्म मुद्रास्फीति ३.३९ प्रतिशत छ । अघिल्लो आव सोही अवधिमा ४.६१ प्रतिशत थियो ।
यो वर्ष पेय पदार्थ समूहको मूल्यवृद्धि २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमश: ५.२२ र ४.२० प्रतिशत थियो । यस्तै चैत मसान्तसम्मको खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, फलफूल ९.०७, दाल तथा गेडागुडी ६.५८ र गैरमदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ ।
तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२४ प्रतिशत, मरमसला २.३२ र माछा तथा मासुको ०.८९ प्रतिशत घटेको छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ७.०१, मदिराजन्य पेय पदार्थ ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ५.५९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८३ प्रतिशत बढेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेशगत हेर्दा समीक्षा महिनामा कोशी प्रदेशमा सबैभन्दा बढी महँगी छ । कोशीमा उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेस ३.५९, बागमती २.८०, गण्डकी २.८३, लुम्बिनी ३.११, कर्णाली ३.११ र सुदूरपश्चिमको ३.५१ प्रतिशत छ । यस्तै काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९५ प्रतिशत, तराई ३.३१, पहाड ३.४६ र हिमालको ४.४७ प्रतिशत छ । चैत २०८१ मा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.२० प्रतिशत छ ।
अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो । यस्तै, नौ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । प्रतिवेदन अनुसार नौ महिना अर्थात् साउनदेखि चैतसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा १० दशमलव शून्य प्रतिशतले बढी हो ।
आर्थिक तथा वित्तीय अवस्थाकाे पूर्ण पाठ

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस