वर्षाले खेल प्रभावित हुँदा अफगानिस्तान विश्वकपमा लागि छनोट, नेपाल बाहिरियाे
- गाउँ सहर संवाददाता
- ६ बैशाख शनिबार, २०८२ | १४:०७:०० मा प्रकाशित

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गतको शनिबार (वैशाख ६)को खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा नेपालको यात्रा रोकिएको छ । अफगानिस्तानले यू–१९ विश्वपकपमा स्थान बनाएको छ ।
वर्षाका कारण खेल प्रभावित भएर रद्ध भएपछि दुवै देशले अंक बाँडेका हुन।
अर्को वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने थियो । अफगानिस्तानलाई बराबरीले पनि पुग्थ्यो । तर मूलपानीमा शुक्रबार साँझदेखि नै वर्षा भएका थियो । मूलपानी क्रिकेट मैदान शनिबार बिहानको वर्षाले पूर्णरुपमा भिजेर पानी जमेको हुनाले खेल सञ्चालन हुन ढिलाइ भएको थियो ।
३० यार्ड सर्कलभित्रको मैदान सबै सुकेपनि बाउन्ड्री लाइन छेउछाउको मैदान भिजेकै कारण म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल हुन पनि सम्भव नभएको बताउँदै खेल रद्द गरेका थिए ।
नेपाल र अफगानिस्तान पहिलो ३ खेल जितेर निर्णायक मोडमा आइपुगेका थिए । नेट रन रेटमा अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ रहेको थियो । नेपाल, ओमान, यूएई अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा भइरहेको छ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने प्रावधान थियो ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो । त्यसपछि नोभेम्बरमा यूएईमा भएको एसिया कपमा पनि नेपालले अफगानिस्तानमाथि विजय हात पारेको थियो । यो प्रतियोगिता अघि नेपाल र अफगानिस्तान यू–१९ ले तीन खेलको शृंखला खेलेका थिए, जसमा अफगानिस्तान २–१ ले विजयी भएको थियो ।
नेपालले यसअघि ८ पटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस