साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा दाेहाेराे अंककाे बृद्धि
- गाउँ सहर संवाददाता
- ९ बैशाख बिहीबार, २०७८ | १५:४३:०० मा प्रकाशित

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । यसदिन नेप्से १५.८० अंकले बढेर २६४८ बिन्दुले बढेकाे छ ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२१ अंक, फ्लोट इण्डेक्स १.१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक बढेको छ।
२१४ कम्पनीको ७५ हजार १०८ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । अघिल्लाे दिनभन्दा यस दिन कारोबार रकममा पनि केही सुधार भएको छ ।
यसदिन बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, ज्योति लाइफ, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
त्यस्तै हिमालयन ऊर्जा विकास, पञ्चकन्या माइ हाइड्रो, मञ्जुश्री फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र चन्द्रागिरी हिल्स लगायतको शेयरमूल्य उच्चदरले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल क्रेडिट एण्ड कमर्श बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ६२ करोड २७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस