स्वास्थ्य

दैनिक काेराेना संक्रमित हुने दर भारतले अमेरिका र ब्राजिललाई उछिन्याे, नेपालमा पनि ह्वात्तै बढ्याे

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । यसक्रममा दैनिक काेराेना संक्रमण हुने संख्यालेमा भारतले अमेरिका र ब्राजिललाई पनि उछिनेकाे छ । 

विश्वभर हाल २ कराेड ३८ लाख २१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । विश्वभर पछिल्लाे २४ घण्टामा मात्र ६ लाख ३१ हजार ४०८ जना संक्रमित थपिएका छन् जसमध्ये भारतमा सबैभन्दा बढि १ लाख ६० हजार ६९४ जना छन् । विश्वभर पछिल्लाे २४ घण्टामा ८ हजार ६६८ जनाकाे मृत्यु भएकाे छ । जसमध्ये  सबैभन्दा धेरै १ हजार ७ सय ३८ जना ब्राजिलमा मृत्यु भएकाे छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ११ करोड ४ लाख २१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड ७२ लाख ४२ हजार नाघेको छ भने मृतकको संख्या २९ लाख  ५८ हजार १४८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ३ हजार ७८३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १९ लाख ८७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ७६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४५ लाख ५७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ५२ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३६ लाख ८६ हजार ७३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ७१ हजार ८९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २२ लाख ५० हजार ४४० जना निको भएका छन् । सक्रिय केस १२ लाख ६४ हजार ५४४ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३५ लाख २१ हजार जना संक्रमितमध्ये १ कराेड १९ लाख ५७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ५५ हजारभन्दा बढी छन् । हाल १२ लाख ९ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ८० हजार ५२४ जना पुगेका छन् भने २ लाख ७४ हजार १६५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ५३ पुगेको छ भने ३ हजार ३०६ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत