डाक्टरकाे टाेलीसहित कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बिहीबार, २०७९ | १६:३५:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
ग्यास सिलिन्डर विष्फोट भएर गम्भीर घाइते भएका नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत् मुम्बईको नेशनल बर्न सेन्टर लगिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेता भण्डारीसँग क्रिटिकल कियर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थिसिया क्रिटिकल कियर डा. बृहस्पति, डा. रोशन शर्मा, पारामेडिसियन दिनेश राई, सागर महर्जन र राज तामाङसहितको टोली पनि मुम्बई गएको छ ।
काठमाडौंको बुद्धनगरस्थित घरमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी आमासँगै घाइते भएका थिए। विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले ग्याँस लिक भएपछि भण्डारीको निवासमा विस्फोट भएको देखिएको बताएका छन् ।
‘ग्यास लिक भएपछि आमाछोरा नै किचेनमा पुगेको देखियो । त्यसक्रममा आमा ग्यासनजिकै भएकाले धेरै क्षति भएछ,’ उनले भने, ‘छोरा अलिक पर भएकाले आमाकोभन्दा कम शरीर जलेको देखियो ।’
ग्यास सिलिन्डर विस्फोट र आगोबाट जलेर घाइते भएका उनीहरु दुवैजनालाई तत्कालै कीर्तिपुर अस्पतालमा लगिएको थियो । कांग्रेसका नेता भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस