जीवनशैली

गर्मीमा तपाईंलाई पनि हुनसक्छ ‘फूड पोइजनिङ्ग’- यसरी बच्नुहोस्

काठमाडौँ । भलै प्रदूषणकाे कारण माैसम चिसाे छ तरपनि गर्मीको मौसम सुरु भइसकेको छ । धेरै खाएका कुरा अपच हुन सक्छन् । तसर्थ खाँदा एकदमै सन्तुलित भएर खानु नै बुद्धिमानी हुन्छ ।

यो समयमा खानेकुरामा कयौँ प्रकारका किटाणु रहने भएकोले खाँदा सयौँ पटक विचार गर्नुपर्ने हुन्छ । स्वास्थ्य विज्ञका अनुसार यो समयमा अखाद्य वस्तुले फूड पोइजनिङ्गको समस्या बढ्ने गरेको छ । यसकारण सकभर बाहिरको खानेकुरा नखाने वा खानैपरे गुणयुक्त खानेकुरा खानुपर्ने उनीहरुको राय छ ।

फूड पोइजनिङ्ग कयौ कारणले हुने गर्दछ । विशेषगरी बासी, खराब, सडेगलेका खानले यो रोग निम्त्याउँछ । किटाणुको सम्पर्कमा आउँदा यो रोगले च्याप्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुनेलाई यसले सताउँछ । पेट दुख्ने, डायरिया आदि यसका समस्या हुन् । साथै ज्वरो आउने, पटक पटक उल्टी हुने, टाउको दुख्ने, कमजोरी महशुष हुने यसका लक्षणहरु हुन् ।

यसबाट जोगिनको लागि पाकेको कुरा पटक पटक नतताउन चिकित्सकले सल्लाह दिएका छन् । यदि घरमा पाल्तु जनावर भए त्योभन्दा टाढा रहनसमेत उनीहरुले बताएका छन् ।

उनीहरुले जथाभावी नखान र पेटको समस्या भए तुरुन्तै चिकित्सकको सम्पर्कमा आउन बताएका छन् । खराब भोजन नखानु, धेरै पानी पिउन उनीहरुले सुझाएका छन् । चिकित्सकले साफसुग्घरमा ध्यान दिनुका साथै खानेकुरा खाँदा राम्रोसँग वस्तुलाई पखालेर खान सुझाएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत