पछिल्लो २४ घण्टामा चारकाे मृत्यु, २६६ नयाँ काेराेना संक्रमित थपिए, १०२ जनाले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- २३ चैत सोमबार, २०७७ | १६:१७:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित २६६ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या चार छ । अहिलेसम्म कुल मृतकको संख्या ३ हजार ३६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १०२ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २२ लाख ८९ हजार ८२४ को पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा १ हजार ८३२ र क्वारेन्टाइनमा रहनेको संख्या ६४ छ ।
छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस