हात्तीपाइले विरुद्धको औषधि सेवन कार्यको उद्घाटन
- गाउँ सहर संवाददाता
- १९ चैत बिहीबार, २०७७ | १४:२२:०० मा प्रकाशित
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा भोलीबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको आज उद्घाटन् गरिएको छ ।
नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरेर नगरपालिका कार्यालयमा कार्यक्रमको उद्घाटन गरेका हुन् ।
भोली चैत २० देखि २७ गतेसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाले घर घरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको प्रष्ट्याउदै उनले नगरवासीलाई औषधि सेवनको आव्हान समेत गरेका छन् ।
गर्भवती, ७ दिनसम्मको सुत्केरी, जटिल रोगी र ओछ्यान परेका विरामी, २४ घण्टाभित्र ज्वरो आएका व्यक्ति, २ वर्ष मुनीका बालबालिकाले बाहेक अन्य सवैले औषधि सेवन गर्न हुने जनाइएको छ ।
नगरले गत वर्ष ५७ हजार ६ सय ३६ जनालाई औषधि सेवन गराएर लक्ष्यको ९१ प्रतिशत सफलता हासिल गरेको थियो । औषधि सेवन गर्न नहुने समूह छुट्याएर यस वर्ष ६१ हजार ७ सय ३६ जनालाई औषधि सेवनको लक्ष्य बनाइएको छ ।
सेवन गर्न नहुनेमा २ वर्षमुनीका २ हजार ७ सय १३, गर्भवती १ हजार ७ सय ५७, सुत्केरी १ हजार ४ सय ९० र जटिल तथा सिकिस्त विरामी २ हजार १ सय ६९ जना रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस