अपाङ्गता भएका र कुपोषितलाई सामग्री वितरण
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | १९:३४:०० मा प्रकाशित
पथरी शनिश्चरे । प्रदेश सरकार र करुणा फाउण्डेशनसँगको सहकार्यमा अपाङ्गता पुनस्र्थापना कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरले अपाङ्गता भएका र कुपोषितहरुलाई आज सामग्री वितरण गरेको छ ।
१८ वर्ष उमेरसम्मका अपाङ्गता भएकाहरुका लागि सामग्री वितरणका क्रममा १४ ह्विलचियर मध्ये आज ९ जनालाई ह्विलचियर वितरण गरिएको छ । वडा नम्बर ५ र ६ मा बाँकी ५ वटा वितरण गर्न बाँकी रहेको छ । ४ जनालाई ट्वाइलेट चियर पनि वितरण गरिएको छ ।
विद्यालय भर्ना अभियान अन्तर्गत अपाङ्गता भएका १४ जनालाई ब्याग र खेलौना तथा घरमा आधारित शिक्षाका लागि १० जनालालाई म्याट र गुडिया वितरण भएको छ ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, करुणा फाउण्डेशनकी सीबीआर अफिसर थेरापिष्ट मिरियम पाठक सहितले सामग्री वितरण गरे ।
त्यस्तै, बागमती सेवा समाजसँगको सहकार्यमा नगरका २ वर्ष मुनीका १२ जना अतिसीघ्र र १३ जना मध्यसीघ्र गरी २५ जना कुपोषित अवस्थाका बालबालिकालाई चामल, पोषक तत्वहरुको प्याकेज समाग्री उपलब्ध गराइएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोले बालबालिकाको चौतर्फी विकासका लागि सन्तुलित भोजन गराएर उनीहरुको नैसर्गिक अधिकार स्थापित गराउन अभिभावकहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा, सिनियर अहेब जगतप्रसाद मगरले गर्भमा बच्चा रहेदेखि जन्मिएको २ वर्षसम्म सुनौलो हजार दिनको अभियान सफल पार्न सो अवधिमा पोषणमा विशेष ध्यान दिनुपर्ने सहितका उपयोगी जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा, स्वास्थ्य शाखाका एकराज खत्री, बागमती सेवा समाजका कार्यक्रम अधिकृत युवराज चेम्जोङ सहितले कार्यक्रमका बारेमा बाेलेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस