अपाङ्गता भएका र कुपोषितलाई सामग्री वितरण
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | १९:३४:०० मा प्रकाशित

पथरी शनिश्चरे । प्रदेश सरकार र करुणा फाउण्डेशनसँगको सहकार्यमा अपाङ्गता पुनस्र्थापना कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरले अपाङ्गता भएका र कुपोषितहरुलाई आज सामग्री वितरण गरेको छ ।
१८ वर्ष उमेरसम्मका अपाङ्गता भएकाहरुका लागि सामग्री वितरणका क्रममा १४ ह्विलचियर मध्ये आज ९ जनालाई ह्विलचियर वितरण गरिएको छ । वडा नम्बर ५ र ६ मा बाँकी ५ वटा वितरण गर्न बाँकी रहेको छ । ४ जनालाई ट्वाइलेट चियर पनि वितरण गरिएको छ ।
विद्यालय भर्ना अभियान अन्तर्गत अपाङ्गता भएका १४ जनालाई ब्याग र खेलौना तथा घरमा आधारित शिक्षाका लागि १० जनालालाई म्याट र गुडिया वितरण भएको छ ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, करुणा फाउण्डेशनकी सीबीआर अफिसर थेरापिष्ट मिरियम पाठक सहितले सामग्री वितरण गरे ।
त्यस्तै, बागमती सेवा समाजसँगको सहकार्यमा नगरका २ वर्ष मुनीका १२ जना अतिसीघ्र र १३ जना मध्यसीघ्र गरी २५ जना कुपोषित अवस्थाका बालबालिकालाई चामल, पोषक तत्वहरुको प्याकेज समाग्री उपलब्ध गराइएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोले बालबालिकाको चौतर्फी विकासका लागि सन्तुलित भोजन गराएर उनीहरुको नैसर्गिक अधिकार स्थापित गराउन अभिभावकहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा, सिनियर अहेब जगतप्रसाद मगरले गर्भमा बच्चा रहेदेखि जन्मिएको २ वर्षसम्म सुनौलो हजार दिनको अभियान सफल पार्न सो अवधिमा पोषणमा विशेष ध्यान दिनुपर्ने सहितका उपयोगी जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा, स्वास्थ्य शाखाका एकराज खत्री, बागमती सेवा समाजका कार्यक्रम अधिकृत युवराज चेम्जोङ सहितले कार्यक्रमका बारेमा बाेलेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस