स्वास्थ्य
बुधबारमात्रै भारतमा ७२ हजार बढी कोरोना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- १९ चैत बिहीबार, २०७७ | ०८:३२:०० मा प्रकाशित
काठमाडौँ । भारतमा कोरोनाको कहर बढेको छ । बुधबारमात्र त्यहाँ ७२ हजार ७२ नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँको स्वास्थ्य विभागका अनुसार ४० हजार ४१७ जनाले स्वास्थ्य लाभ गरेका छन् भने ४५८ जनाको बुधबार मृत्यु भएको छ ।
यसअघि १० अक्टूबरमा ७४ हजार ४१८ नयाँ संक्रमित थपिएका थिए । बितेको ११६ दिनमा यो आंकडा सबैभन्दा बढी भएको विभागले बताएको छ ।
भारतमा १.२२ करोड कुल संक्रमित पुगेका छन भने १.१४ करोडले स्वास्थ्य लाभ गरेका छन् । १.६२ लाखले ज्यान गुमाए भने ५.०८ लाखको उपचार भइरहेको छ ।
उता भारतमा संक्रमणकाे दर बढ्दा नेपालमा जाेखिम बढेकाे छ । सीमा नाकामा चेकजाँच उच्च बनाइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस