स्वास्थ्य
बुधबारमात्रै भारतमा ७२ हजार बढी कोरोना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- १९ चैत बिहीबार, २०७७ | ०८:३२:०० मा प्रकाशित

काठमाडौँ । भारतमा कोरोनाको कहर बढेको छ । बुधबारमात्र त्यहाँ ७२ हजार ७२ नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँको स्वास्थ्य विभागका अनुसार ४० हजार ४१७ जनाले स्वास्थ्य लाभ गरेका छन् भने ४५८ जनाको बुधबार मृत्यु भएको छ ।
यसअघि १० अक्टूबरमा ७४ हजार ४१८ नयाँ संक्रमित थपिएका थिए । बितेको ११६ दिनमा यो आंकडा सबैभन्दा बढी भएको विभागले बताएको छ ।
भारतमा १.२२ करोड कुल संक्रमित पुगेका छन भने १.१४ करोडले स्वास्थ्य लाभ गरेका छन् । १.६२ लाखले ज्यान गुमाए भने ५.०८ लाखको उपचार भइरहेको छ ।
उता भारतमा संक्रमणकाे दर बढ्दा नेपालमा जाेखिम बढेकाे छ । सीमा नाकामा चेकजाँच उच्च बनाइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस