बच्चालाई कोरोनाको भ्याक्सिन कहिले लगाउने ?
- गाउँ सहर संवाददाता
- १८ चैत बुधबार, २०७७ | १४:०९:०० मा प्रकाशित
काठमाडौँ । नेपालको कुल जनसँख्यामध्ये १८ वर्ष उमेर समूहभन्दा कमको जनसंख्या करिब ४० प्रतिशत रहेको छ । यसरी हेर्दा ३ करोडको हाराहारीमा रहेको जनसंख्यामध्ये करिब १ करोड २० लाख जति यो उमेर समूहमा पर्छन् ।
कोरोना महामारीको दोस्रो र तेस्रो लहर चलिरहँदा पनि यो समूहकाहरु भ्याक्सिनको प्राथमिकतामा परेका छैनन् । उनीहरुसँग इम्यूनिटी पावर बढी हुन्छ भन्ने संकुचित धारणा फैल्याएर बसेका छौँ । यो ट्रेण्ड विश्वमै देखिएको छ । यसकारण पनि यो उमेर समूह साँच्चै जोखिममा छैनन् ? सबैको उत्तर सहजै आउँछ, सबैको जोखिम उत्तिकै छ ।
कोरोनाको भ्याक्सिन अहिले उच्च प्राथमिकतासँगै वितरण गर्न थालिएको छ । सक्ने राष्ट्रले पनि भनेजति भ्याक्सिनको उपलब्धता गर्नगराउन सकिरहेका छैनन् । हाम्रो देशको कुरा गर्ने हो भने अनुदानको भ्याक्सिन प्राथमिकताका आधारमा लगाइँदैछ । सबै उमेर समूह र दिर्घ रोगीको लागि अपरिहार्य भ्याक्सिनलाई लिएर वैज्ञानिकहरुले बच्चाहरुलाई पनि भ्याक्सिनेशन अत्यन्तै जरुरी रहेको बताएका छन् ।
वैज्ञानिकका अनुसार यदि कोरोनाभाइरसको नयाँ भेरिएन्ट आएमा बच्चामा पनि गम्भीर असर गर्न सक्नेछ ।
अमेरिकामा ब्रिघम एण्ड विमेन्स हस्पिटलका डाक्टर डा. एंजेला रासमुसेनका अनुसार, बच्चामा कोरोनाको गम्भीर केशको संख्या अत्यन्तै कम हुनुको कारणले पनि चाँडै भ्याक्सिन दिनु आवश्यक छ ।
उनका अनुसार, पहिलो— बच्चामा कोरोना लामो समयसम्म हुने असर जुनसुकै देखिएपनि त्यो अत्यन्तै गम्भीर निस्कियो । तर यसको संख्या अत्यन्तै कम छ ।
कोरोनाको अन्य नराम्रो प्रभाव अझै स्पष्ट छैन । कारण यो हो कि बच्चामा कोरोनाको अधिक मामला एसिमटोमेटिक छन् । यस्तो अवस्थामा आमाबुवालाई बच्चालाई कोरोना लागेको थाहा हुँदैन । यो दोस्रो महत्वपूर्ण कारण हो, तरपनि यसप्रति ध्यान कम छ ।
जोखिम यसमा पनि छ कि भाइरस फैलिरहन्छ र अत्यन्तै खतरनाक रुपबाट म्यूटेट भइरहन्छ । कुनैपनि एक वा एकभन्दा बढी म्यूटेशनले बच्चालाई नोक्सानी पुर्याउन सक्छ ।
यसकारण पनि स्कुलहरु खुलेका छन्, सावधानी अपनाउने कुरा घटेको छ तर कोरोनाको म्यूटेशन बढेको बढ्यै छ । सावधानी हरेक समयमा अपनाउनुपर्ने यो विषम समयमा बच्चाको लागि भ्याक्सिनेशन अत्यन्तै जरुरी रहेको देखिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस