स्वास्थ्य

काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ३ हजार २७, थपिए नयाँ १४१ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित १४१ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेकाे छ । 

कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार २७ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या ८२ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७२ हना। ६१२ पुगेकाे छ । 

मन्त्रालयका अनुसार आजसम्म २२लाख ६४ हजार २६८ को पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा १ हजार ३४१ र क्वारेन्टाइनमा रहनेको संख्या ५६ छ ।

छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ ।

गाउँ सहर संवाददाता