मंगलबार ९८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६६ कम्पनी ओरालो, १४ को स्थिर
- गाउँ सहर संवाददाता
- १० चैत मंगलबार, २०७७ | १५:४१:०० मा प्रकाशित

काठमाडौं । मंगलबार नेप्से सूचक १४.५७ अंकले बढेर २५२८.९५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि सामान्य बढेको छ ।
यस दिन २०८ वटा कम्पनीको १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यो दिन ९८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६६ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् भने १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
मंगलबार पनि हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । यस दिन पाँच वटा हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य पनि उच्च दरले बढेको छ ।
सबैभन्दा कमाउने शीर्ष कम्पनीमा साल्ट ट्रेडिङ, चन्द्रागिरि हिल्स, रसुवागढी हाइड्रोपावर, कालिका पावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा पञ्चकन्या माइ हाइड्रोपावर, सप्तकोसी डेभलपमेण्ट बैंक, हिमालयन पावर पार्टनर, अरुण भ्याली हाइड्रोपावर र युनाइटेड फाइनान्स लिमिटेड छन् ।
चन्द्रागिरि हिल्सको कारोबार आज पनि लगातार बढेर प्रतिकित्ता सेयर मूल्य १ हजार ७१९ रुपैयाँ पुगेको छ ।
मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ५२ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको ३२ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस