प्रेरणा

जहाँ मतभेद हुन्छ त्यहाँ एकता हुँदैन र एकताबिना सफलता प्राप्त हुँदैन

काठमाडौँ । पछिल्लो समय नेपाली राजनीतिमा नेकपा नामले धेरै नौटंकी देखाएको छ । नेकपा फुट्यो र बन्यो पुनः माओवादी केन्द्र र एमाले, उही पूरानै रुप । तरपनि दुइको किचलो र नाटकले विश्राम नलिँदा नचाहेरैपनि अगत्तिला राजनीतिक दृश्य कोचिकोचि हेर्न वाध्य बनेका छन् जनता ।

यहि सन्दर्भलाई कोट्याउँदै यो कथा मनन गरौँ ।

महाभारतमा कौरव र पाण्डवले जुवा खेले । जुवामा पाण्डवको हारा भयो । त्यो हारको बदलामा पाण्डवले १२ वर्षको वनवास र एक वर्ष अज्ञातवासमा जानू थियो ।

पाण्डवले आफ्नो वनवार र अज्ञातवास पुरा गरेर आफ्नो राज्य फिर्ता माग्न कौरवकोमा पुगे । कौरवले उनीहरुको राज्य फिर्ता गर्नु थियो, तर दुर्योधनको नियतमा खोट आयो र पाण्डवलाई राज्य दिन इन्कार गरे ।

पाण्डवसँग एउटामात्र बाटो बचेको थियो, युद्ध गरेर राज्य फिर्ता गर्नु । पाण्डवले विचार गरे, तर कौरवसँग युद्ध गर्दा उनीहरु हार्नेछन् । कौरवसँग भीष्म, द्रोणाचार्य, कर्ण, अश्वथामाजस्ता महारथी थिए । उनीहरु सयौँ थिए । उनीहरुसँग सेना थियो तर पाण्डवसँग पाँच जनामात्र ।

अर्जुनले पनि यहि भने- कौरवसँग युद्ध गर्नु हुँदैन । सोहि समय श्रीकृष्ण त्यहाँ पुगे र भने- सहि कुराको लागि संघर्ष गर्नुपर्दछ । यो युद्ध हिंसा हुँदैन । यो सत्यको रक्षाको लागि हुनेछ । संख्यामा कौरव भलै बढी छन तर उनीहरुबीच मतभेद छ । कर्णले भीष्मलाई मन पराउँदैनन्, द्रोणलाई दुर्योधन मन पराउँदैनन् । दुर्योधन जहिल्यै भीष्म र द्रोणलाई अपमानित गर्दछन् । तिमीहरु भलै संख्यामा पाँच मात्र छौ तर तिमीहरुबीच मतभेद छैन । तिमीहरुबीच एकता छ जुन कौरवमा छैन । एउटा कुरा जहिल्यै ध्यनमा राख कि जो व्यक्तिबीच एकता हुन्छ, मतभेद हुँदैन, उसको जीत अवश्य हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत