राजनीति

इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १५ गते हुने उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  

रिक्त प्रतिनिधिसभाको इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।

पेशाले अधिवक्ता सुहाङले पछिल्लो समय इलाममा राजनीति गतिविधिसँगै भेटघाट र अन्तरक्रिया बढाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत