स्वास्थ्य

२२ लाख ३ हजार ४३८ को परीक्षण गर्दा २ लाख ७४ हजार ९७३ मा संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा १०४ नयाँ कोरोनासंक्रमित थपिएका छन् । थप गरिएका संक्रमितसहित् कुल संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६३ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन् । योसहित् स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ । 

मन्त्रालयका अनुसार आजसम्ममा कोरोनाका कारण ३ हजार १२ जनाको मृत्यु भएको छ । आजसम्म २२ लाख ३ हजार ४३८ जनाको पिसिआर टेस्ट भएको छ ।

मन्त्रालयका अनुसार देशमा ९११ सक्रिय संक्रमित रहेका छन् । देशभर आइसोलेशनमा ९११ संक्रमित र क्वारेन्टाइनमा रहनेकाे संख्या ५५ रहेकाे छ ।

गाउँ सहर संवाददाता