DishHome GO मा अब ७० वटा च्यानल
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | १६:४७:०० मा प्रकाशित

डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा DishHome GO सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा, अबदेखि DishHome GO प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ ।
यस संगै DishHome GO एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरुगरेको छ, जसमा आफूले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सकिनेछ ।
कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै DishHome GO मोबाइल एप ल्याएको थियो ।
डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।
डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटे DishHome GO ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रममा आजबाट संसदमा छलफल हुने
- ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
- बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम पूर्वानुमान् ?
- आजदेखि कक्षा १२ को परीक्षा, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै
- 'पृथ्वीनारायण शाहले मेरो देश हो भन्ने अनुभूति गर्ने अवस्था विकास गरे'
- १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क, अस्पताललाई अनलाइन सेवामा आबद्ध गर्ने
- यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलनको घोषणा
- आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
- बुधबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
प्रतिकृया दिनुहोस