महेन्द्रनगरमा डिशहोम ‘डिलर दाइ’ सम्मान
- गाउँ सहर संवाददाता
- २५ माघ मंगलबार, २०७८ | १७:३१:०० मा प्रकाशित

महेन्द्रनगर । डिशहोमले आफ्ना ‘डिलर दाइ’ हरुलाई सम्मान गरेको छ । महेन्द्रनगर सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ ।
महेन्द्रनगरमा डिशहोम र डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने अत्तरियाका एस. के. लाईट हाउस, अत्तरियाका उग्रतारा बिजुली भण्डार, धनगढीका लामा ट्रेडर्स, महेन्द्रनगरका के. पि. ईन्टरप्राईजेज, पुनर्बासका अधिकारी ईलेक्ट्रोनिक, वाणीका आर्या ईलेक्ट्रोनिकलाई उपहार स्वरुप एकरएक थान ल्यापटप प्रदान गरिएको छ ।
साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरेका छन् । कार्यक्रममा कैलाली र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निस्शुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस