प्रविधि

बिराटनगरमा डिशहोम फाईबरनेटका शोरूम उद्धघाटन

काठमाडौँ । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।

जेष्ठ १५ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ ।

सो रुम समुद्घाटनमा डिशहोमका तर्फबाट पुर्वी क्षेत्रिय सेल्स म्यानेजर बिपिन्द्र न्यौपाने र सेल्स अफिसर शिब निरौलाको उपस्थिति रहेको थियो भने डिलरका तर्फ बाटे अमिताभ महेश्वरीको लगायत बिराटनगर महानगरपालिकाका डिलर दाईहरुको उपस्थिति रहेको थियो ।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ग्लोबल पावर पोइन्टले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत