अर्थतन्त्र
नेप्से २३ अंकले घट्याे
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | १५:५३:०० मा प्रकाशित

काठमाडाैं । मंगलबार नेप्से सूचक घटेकाे छ । यसदिन कारोबार रकम पनि घटेकाे छ ।
मंगलबार नेप्से सूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा झरेको छ ।
यस दिन २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब रुपैयाँ माथिको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम थप घटेको हो ।
काराेबारमा आएकामध्ये मंगलबार हिमालयन उर्जा, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर्स, रैराङ हाइड्रोपावर र युनाइटेड फाइनान्सको बढेको छ ।
सबैभन्दा बढि सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य घटेको छ ।
यसदिन शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस