पोखराको सिलिङ्गे महिला चेतना समूहमा निर्विरोध नयाँ कार्यसमिति
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | २१:१४:०० मा प्रकाशित
पोखरा । पोखरा महानगरपालिका वडा नंं ३३ मा कृयाशिल सिलिङ्गे महिला चेतना समूहको चौधौं साधारणसभा एवम् छैटौं अधिवेशनले कर्णकुमारी महतको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा सरला महत, सचिवमा सीता केसी महत, कोषाध्यक्षमा डीलमाया थापा र सहसचिवमा सविता आचार्य पौडेल रहेका छन् । त्यस्तै सदस्यहरूमा सुनिता अर्याल महत, विष्णु पौडेल, कोपिला क्षेत्री, गंगा क्षेत्री, लक्ष्मी जमरकट्टेल पौडेल, भूमिका आचार्य पौडेल, रीता विक र जौमाया विक निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३३ की वडा सदस्य शोभा नेपालीले वर्तमान समयमा महिलाहरूको जागरुकता आवश्यक भएको बताइन् ।
कोषाध्यक्ष निर्मला पौडेलले आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको कार्यक्रममा समाजसेवी गुरुप्रसाद पौडेलले समाजिक जागरणमा महिलाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । समूहकी अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव इन्दिरा पौडेलले तथा स्वागत सल्लाहकार सुनिता अर्यालले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस