कुमारी बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न
- गाउँ सहर संवाददाता
- २९ माघ सोमबार, २०८० | १६:४४:०० मा प्रकाशित
काठमाडौं । कुमारी बैंक लिमिटेडको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले आइतबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारणसभा सम्पन्न गरेको हो ।
सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०/०८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा उसको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ ।
साधारणसभामा भएको सञ्चालकहरूको चुनावमा संस्थापक शेयरधनी समूहबाट अमिरप्रताप राणा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण सेयरधनी समूह महिलातर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस