एग्रो टुरिजम सहकारीका साधारणसभामा पौडेल सहित विभिन्न व्यक्तित्व सम्मानित
- गाउँ सहर संवाददाता
- ६ असोज शनिबार, २०८० | २१:०८:०० मा प्रकाशित
पोखरा । एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ । साधारणसभाका अवसरमा राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको छ ।
समाचार सम्प्रेषणका माध्यमबाट कृषि पर्यटनका क्षेत्रमा विशिष्ट योगदान पुु-याएको भन्दै पौडेललाई नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
उक्त अवसरमा उत्कृष्ट मुद्दती बचत कर्ताबाट मनुुमाया खत्री, उत्कृष्ट दैनिक बचत कर्ताबाट प्रमोद अधिकारी, साजन अधिकारी र सन्तोष पौडेल, उत्कृष्ट खुत्रुके बचत कर्ताबाट सजित लामगादे, उत्कृष्ट असल ऋणीबाट बसन्ती बानीया, उत्कृष्ट कृषि उद्यमी व्यवसायबाट श्याम रायमाझीलाई सम्मान गरियो । त्यस्तै उत्कृष्ट पर्यटन व्यवसायीबाट भुवनबहादुर आचार्य, युवा उद्यमी पुरस्कारबाट प्रयासी गुरुङ, महिला उद्यमी पुरस्कारबाट विष्णुमाया आचार्य, उत्कृष्ट कर्मचारी पुरस्कारबाट विन्दुुमाया शर्मालाई सम्मान गरियो । उत्कृष्ट ज्येष्ठ नागरिकमा महिलातर्फ राधिका कोइराला, पुरुषतर्फ बद्रीनाथ पहारी, एग्रो टुरिजम कृषि उद्यमी व्यापार सम्मानबाट खिमलाल सुवेदीलाई सम्मान गरियो ।
सहकारीले एसइइ २०८० सम्मानबाट कामना आचार्य र विधाता बस्ताकोटी एवम् प्लसटुुतर्फ अनमोल आचार्य, कुसुम जिसी, सन्ध्या सुवेदी, निर्दोष कार्की, शरदा गिरी र प्रिया नेपालीलाई सम्मान ग-यो ।
साधारणसभाको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुुशिला सिम्खडाले उद्घाटन गर्दै कृषि र पर्यटनलाई जोड्न सकेमा त्यसले आम सर्वसाधारणलाई उत्पादनसँग जोड्ने बताउँदै आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिनु आवश्यक भएको बताइन् ।
सहकारीका अध्यक्ष डिल्लीराम बरालले कृषि तथा पर्यटनको पूर्वाधारको विकास गर्दै उद्यमशीलता मार्फत रोजगारीको सिर्जना गरी गरिबी न्यूनीकरण गर्नका लागि एग्रो टुरिजमको अवधारणा अघि बढाइएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस