विश्वभर काेराेना संक्रमितमध्ये ८ कराेड ९५ लाख जना डिस्चार्ज भएपनि २५ लाख बढिले ज्यान गुमाए
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | ०८:४७:०० मा प्रकाशित

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १८ लाख २५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ९५ लाख ३९ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ३९ लाख ८५ हजार नाघेको छ भने मृतकको संख्या २५ लाख २९ हजार ३३७ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९१ हजार ४६ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ९१ लाख ३६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख २३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ९५ लाख ३४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९० लाख ७९ हजार जनामा भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १० लाख ७९ हजार ९४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५६ हजार ९७० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ७ लाख ६१ हजार १३९ जना निको भएका छन् । सक्रिय केस १ लाख ६० हजार ९८५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४ लाख ५७ हजार जना संक्रमितमध्ये ९३ लाख ५५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ५२ हजारभन्दा बढी छन् । हाल ८ लाख ४८ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ७३ हजार ९८४ जना पुगेका छन् भने २ लाख ७० हजार २७७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ७७१ पुगेको छ भने ९३६ जना उपचाररत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस