विश्वभर काेराेना संक्रमितमध्ये ८ कराेड ९५ लाख जना डिस्चार्ज भएपनि २५ लाख बढिले ज्यान गुमाए
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | ०८:४७:०० मा प्रकाशित
काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १८ लाख २५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ९५ लाख ३९ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ३९ लाख ८५ हजार नाघेको छ भने मृतकको संख्या २५ लाख २९ हजार ३३७ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९१ हजार ४६ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ९१ लाख ३६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख २३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ९५ लाख ३४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९० लाख ७९ हजार जनामा भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १० लाख ७९ हजार ९४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५६ हजार ९७० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ७ लाख ६१ हजार १३९ जना निको भएका छन् । सक्रिय केस १ लाख ६० हजार ९८५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४ लाख ५७ हजार जना संक्रमितमध्ये ९३ लाख ५५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ५२ हजारभन्दा बढी छन् । हाल ८ लाख ४८ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ७३ हजार ९८४ जना पुगेका छन् भने २ लाख ७० हजार २७७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ७७१ पुगेको छ भने ९३६ जना उपचाररत छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस