प्रतिनिधिसभा विघटन बदरकाे फैसला आएपछि ईश्वर पोखरेलकाे मध्यरातमा ‘यात्रा’
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बुधबार, २०७७ | ०६:१२:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का नेताहरूले त्यसको स्वागत गरेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर चालेको कदम अवैध ठहर भएको भन्दै दुवैजनाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने नत्र एकसाथ अविश्वास र महाभियोग प्रस्तावको सामना गर्नुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने फैसला आएकाे मध्यरातमा मान्छेले लड्दै उठ्दै कमजाेरीबाट पाठ सिक्ने बताएका छन् । उनले राति सामाजिक सञ्जालमा यात्रा कविता लेखेका छन् । उनल लेखेकाे कविता जस्ताकाे तस्तै:
यात्रा
लड्दै उठ्दै र लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा
पढ्दैर सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाईंमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन (
कमजोरीलाई पराजित गर्दै
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू (
चिरन्जिवी बनिछाड्छन् मानिसहरू ११

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्राप्त प्रतिक्रिया
पानी ट्यान्की मा लुकायेको पैसा लियेर कासी लाग??
Hahahha baulayexa
बिचराे
हात्तीछाप चप्पलदेखि पानीट्यांकीभरी पैसा सम्मकाे यात्रा !
Aba Pahad tira jau sumdi pani president huna payenan
प्रतिकृया दिनुहोस