प्रतिनिधिसभा विघटन बदरकाे फैसला आएपछि ईश्वर पोखरेलकाे मध्यरातमा ‘यात्रा’
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बुधबार, २०७७ | ०६:१२:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का नेताहरूले त्यसको स्वागत गरेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर चालेको कदम अवैध ठहर भएको भन्दै दुवैजनाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने नत्र एकसाथ अविश्वास र महाभियोग प्रस्तावको सामना गर्नुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने फैसला आएकाे मध्यरातमा मान्छेले लड्दै उठ्दै कमजाेरीबाट पाठ सिक्ने बताएका छन् । उनले राति सामाजिक सञ्जालमा यात्रा कविता लेखेका छन् । उनल लेखेकाे कविता जस्ताकाे तस्तै:
यात्रा
लड्दै उठ्दै र लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा
पढ्दैर सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाईंमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन (
कमजोरीलाई पराजित गर्दै
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू (
चिरन्जिवी बनिछाड्छन् मानिसहरू ११
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्राप्त प्रतिक्रिया
पानी ट्यान्की मा लुकायेको पैसा लियेर कासी लाग??
Hahahha baulayexa
बिचराे
हात्तीछाप चप्पलदेखि पानीट्यांकीभरी पैसा सम्मकाे यात्रा !
Aba Pahad tira jau sumdi pani president huna payenan
प्रतिकृया दिनुहोस