अध्यक्ष बन्न नपाएपछि ईश्वर पोखरेलका ‘सम्धी’ कोइरालाले दिए राजीनामा
- गाउँ सहर संवाददाता
- २४ पौष शुक्रबार, २०७७ | १५:५५:०० मा प्रकाशित
काठमाडाैं । उपेन्द्रकुमार कोइरालाले राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिबाट राजीनामा दिएका छन् । वाणिज्य बैंकको हिजो बसेको सञ्चालक समिति बैठकबाट कोइरालाले अर्थ मन्त्रालयलाई राजीनामा पत्र बुझाएका हुन् ।
रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी समेत रहेका कोइरालालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको जोडबलमा सञ्चालक समिति अध्यक्ष बनाउने गरी नियुक्त गरिएको थियो । तर शुक्रबार सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका थिए ।
अहिलेका अर्थमन्त्री विष्णु पौडेलको चाहनामा शर्मा बैंक अध्यक्ष बनेपछि कोइरालाले राजीनामा दिएकाे बुझिएकाे छ ।
गत भदौमा तत्कालीन अर्थमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गरेर उनलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए ।
उपप्रधान ईश्वर पोखरेलका ‘सम्धी’ कोइरालालाई राजनीतिक नियुक्ति दिइएको भन्दै तीव्र विरोध भएको थियो । कोइरालालाई अध्यक्ष बनाउन लागेकोमा व्यापक विरोध भएपछि सरकार पछि हटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस