अध्यक्ष बन्न नपाएपछि ईश्वर पोखरेलका ‘सम्धी’ कोइरालाले दिए राजीनामा
- गाउँ सहर संवाददाता
- २४ पौष शुक्रबार, २०७७ | १५:५५:०० मा प्रकाशित

काठमाडाैं । उपेन्द्रकुमार कोइरालाले राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिबाट राजीनामा दिएका छन् । वाणिज्य बैंकको हिजो बसेको सञ्चालक समिति बैठकबाट कोइरालाले अर्थ मन्त्रालयलाई राजीनामा पत्र बुझाएका हुन् ।
रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी समेत रहेका कोइरालालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको जोडबलमा सञ्चालक समिति अध्यक्ष बनाउने गरी नियुक्त गरिएको थियो । तर शुक्रबार सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका थिए ।
अहिलेका अर्थमन्त्री विष्णु पौडेलको चाहनामा शर्मा बैंक अध्यक्ष बनेपछि कोइरालाले राजीनामा दिएकाे बुझिएकाे छ ।
गत भदौमा तत्कालीन अर्थमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गरेर उनलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए ।
उपप्रधान ईश्वर पोखरेलका ‘सम्धी’ कोइरालालाई राजनीतिक नियुक्ति दिइएको भन्दै तीव्र विरोध भएको थियो । कोइरालालाई अध्यक्ष बनाउन लागेकोमा व्यापक विरोध भएपछि सरकार पछि हटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस