संकटमा ईश्वर पोखरेल
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १०:५६:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेको १० औँ महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहभित्रै ओलीपछिको नेतृत्वमा ध्रुवीकरण हुँदा महासचिव ईश्वर पोखरेल घेराबन्दीमा परेका छन् । संसदीय दलका नेता सुवास नेम्वाङ, उपमहासचिव घनश्याम भुसालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि पोखरेल घेराबन्दीमा परेका हुन् ।
विधान महाधिवेशनबाट सुरक्षित तबरले पार्टीभित्र वरिष्ठ तहमा रहने उपाएको खोजीमा रहेका पोखरेल वरिष्ठ उपाध्यक्ष पद तय गराउन सफल भए पनि अहिले सो पदमा नेम्वाङले दाबी गरेपछि पोखरेललाई संकट उत्पन्न भएको छ । तीन दिन यता उनले आफू निकट रहेका नेताहरुलाई सुवास नेम्वाङ फकाउन लगाए पनि नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाड्ने बरु चुनाव लड्ने जनाएका छन् ।
पार्टी अध्यक्षमा ओलीलाई सर्वसम्मत छोड्न तयार भए पनि पदाधिकारीमा ओली समूह विभाजित भएको छ । पदाधिकारीमा ओली समूहका नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाललगायतको एउटा समूह र विष्णु पौडेलको सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङलगयात अर्को समूह बन्ने सम्भावना रहेकाले पोखरेलका सहज अवस्था नभएको नेताहरूले दाबी गरेका छन् ।
महासचिव पोखरेल र नेम्वाङ दुवैले प्रदेश स्तरीय प्रतिनीधि र उपलब्ध अगुवा नेताहरूसँग छलफल गरिरहेका छन् । ओलीपछिको पदमा आफ्नो दाबी रहेको बताएका नेम्वाङले भेटघाटलाई तीव्र बनाएका छन् । महासचिव भएका नाताले पोखरेलले पनि भेटघाटलाई तीव्रता दिइरहेको भए पनि उनले सकारात्मक जवाफ पाउन सकेका छैनन् । खासगरी पूर्व माओवादीका नेता र १० बुँदे सहमतिपछि पार्टीमा फर्केका नेताहरुले पोखरेललाई सकारात्मक रुपमा नलिएपछि उनी निकै अप्ठेरोमा परेका हुन् ।
नवौँ महाधिवेशनमा पनि झिनो मतले मात्रै विजयी भएका पोखरेलका लागि यो महाधिवेशन त्यति सहज नभएको उनी निकट रहेका नेताहरुले बताएका छन् । ‘अहिले पार्टी अध्यक्षमा ओलीलाई सर्वसम्मत बनाउनु पर्छ भन्नेमा पोखरेल र नेम्वाङ दुवै सहमत रहेका छन् तर पदाधिकारीमा भने वरिष्ठ उपाध्यक्षदेखि, उपाध्यक्ष, महासचिव उपमहासचिव र सचिवसम्मै यो समूह अलग भएको आभाष हुन्छ । दुवै पक्षले आफ्नो समूहको तर्फबाट यतिबेला प्रदेश–प्रदेशमा समन्वय गरिरहेका छन्’, एक नेताले भने । उनका अनुसार उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका थिए । तर, नेम्वाङले अहिलेसम्म औपचारिक घोषणा भने गरेका छैनन् ।
महासचिवको पहिलो हकदार रहेका विष्णु पौडेलले ओली नै अहिलेको आवश्यकता भएको बताएका छन् । तर, उनले आफू कुन पोजिसनमा उठ्ने भन्ने बारेमा केही बताएका छैनन् । उनले पनि महाधिवेशनमा उम्मेदवारी भने घोषणा गरेका छैनन् । पोखरेलले पौडेललाई महासचिवमा ल्याउन रूची नदेखाएपछि पौडेलसहितको समीकरण बनेमा पोखरेल स्वतः पराजित हुने अनुमान गरिएको छ ।
देशव्यापी रुपमा नेटवर्क राम्रो भएका पौडेलले नेम्वाङलाई सहयोग गर्ने खतरा बढिरहेको छ । ‘पौडेल र पूर्व माओवादीले नेम्वाङलाई सहयोग गरे पोखरेलले पराजय भोग्ने खतरा बढेको छ’, एक नेताले दाबी गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस