मन्त्रिपरिषद् हेरफेर : विष्णु पौडेल अर्थमन्त्री, ईश्वर पोखरेललाई मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी
- गाउँ सहर संवाददाता
- २८ असोज बुधबार, २०७७ | १८:४७:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद् पूनर्गठन गरेका छन् ।
राष्ट्रपति भण्डारीले मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद् नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा पूनर्गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पूनर्गठित मन्त्रिपरिषद्अनुसार रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकिएको छ भने यसअघि उपप्रधानसहित रक्षा मन्त्री रहेका इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पार्वत गुरुङ, शहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भोलि हुने बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस