ओलीलाई टक्कर दिन ईश्वर पोखरेलकाे अध्यक्षमा तयारी
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर शुक्रबार, २०८२ | ०६:५१:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकमा भावी अध्यक्षमा दाबी प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्न तयार रहेको जानकारी गराएका छन् ।
पोखरेलले ओलीलाई नेतृत्वबाट बिदा लिएर अभिभावक बन्न आग्रह गरेका थिए ।
उनले सकेसम्म आफूलाई सर्वसम्मतका लागि सघाउन ओलीलाई आग्रह गरे ।
ओलीले नेतृत्व सर्वसम्मत चयन गरौँ भन्दै नत्र स्वस्थ प्रतिस्पर्धाका लागि तयार रहेको बताएका थिए ।
झलनाथ, माधव, भीम रावलहरूको उदाहरण दिँदै ओलीले विगतमा प्रतिस्पर्धाबाट हारेकाहरूले टुटफुट र पार्टी विभाजनसम्मको गतिविधि गरेको उदाहरण दिँदै एकढिक्का भएर जानुपर्ने अहिलेको अवस्थामा त्यस्तो नहोस् भन्दै सचेत गराएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले भने- अध्यक्षज्यूले अहिले पार्टी, आन्दोलन र राष्ट्रकै सामु भइरहेका चुनौती सामना गर्न एकताको महाधिवेशनको रूपमा लैजाऔँ । अहिले आम पार्टी पंक्तिले पनि चाहेको कुरा यही हो । यति हुँदाहुँदै पनि यदि कसैले प्रतिस्पर्धा गर्ने भए स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्नुभएको छ ।
आजको बैठक झण्डै ८ घण्टा चल्यो । नेताहरूले महाधिवेशन, राजनीतिक घटनाक्रम र पार्टीको अबको रणनीतिबारे आ-आफ्नो भनाइ राखेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस