ओलीलाई टक्कर दिन ईश्वर पोखरेलकाे अध्यक्षमा तयारी
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर शुक्रबार, २०८२ | ०६:५१:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकमा भावी अध्यक्षमा दाबी प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्न तयार रहेको जानकारी गराएका छन् ।
पोखरेलले ओलीलाई नेतृत्वबाट बिदा लिएर अभिभावक बन्न आग्रह गरेका थिए ।
उनले सकेसम्म आफूलाई सर्वसम्मतका लागि सघाउन ओलीलाई आग्रह गरे ।
ओलीले नेतृत्व सर्वसम्मत चयन गरौँ भन्दै नत्र स्वस्थ प्रतिस्पर्धाका लागि तयार रहेको बताएका थिए ।
झलनाथ, माधव, भीम रावलहरूको उदाहरण दिँदै ओलीले विगतमा प्रतिस्पर्धाबाट हारेकाहरूले टुटफुट र पार्टी विभाजनसम्मको गतिविधि गरेको उदाहरण दिँदै एकढिक्का भएर जानुपर्ने अहिलेको अवस्थामा त्यस्तो नहोस् भन्दै सचेत गराएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले भने- अध्यक्षज्यूले अहिले पार्टी, आन्दोलन र राष्ट्रकै सामु भइरहेका चुनौती सामना गर्न एकताको महाधिवेशनको रूपमा लैजाऔँ । अहिले आम पार्टी पंक्तिले पनि चाहेको कुरा यही हो । यति हुँदाहुँदै पनि यदि कसैले प्रतिस्पर्धा गर्ने भए स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्नुभएको छ ।
आजको बैठक झण्डै ८ घण्टा चल्यो । नेताहरूले महाधिवेशन, राजनीतिक घटनाक्रम र पार्टीको अबको रणनीतिबारे आ-आफ्नो भनाइ राखेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
प्रतिकृया दिनुहोस