स्वास्थ्य

कोरोनाको खोप लगाउनुभयो ? यस्तो अवस्थामा खोपले काम नगर्न सक्छ

एजेन्सी ।  तनाव एवं डिप्रेसन लिने व्यक्तिलाई कोरोनाविरुद्धको खोपको प्रभाव कम पर्ने अमेरिकाका वैज्ञानिकले बताएका छन् । 

उनीहरुले हालै गरेको अनुसन्धानले तनाव र डिप्रेसनको असर कोरोना खोप लगाएपछि बढ्नुपर्ने रोग प्रतिरोधी क्षमतामा पर्ने देखाएको छ । 

ओहियो स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार अनुसन्धानले कोरोना खोपको असर मानिसको मानसिक स्वास्थ्यसँग जोडिएको बताएका छन् । 

अहिलेसम्म भएका अलग–अलग अनुसन्धानले तनावले प्रतिरक्षा प्रणालीमा मात्र होइन, शरीरमा १६ किसिमका असर पार्न सक्छन् । तनाव लिँदा टाउको दुख्नेदेखि हृदयाघातसम्मका समस्या आउने गर्दछन् ।

अनुसन्धानका अनुसार तनाव एवं चिन्ता लिने व्यक्तिहरुलाई कोरोना विरुद्वको खोपले काम नगर्ने अध्ययनले देखाएको बताइएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत