अर्थतन्त्र

प्रतितोला १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलाको १ हजार १ सय रुपैयाँ, तेजावी १ हजार ५० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ, तेजावी ८९ हजार ३५० रुपैयाँ र चाँदी तोलाको १ हजार ३४० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सय रुपैयाँ, तेजावी ९० हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत