गाउँ सहर

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर

काठमाडौँ । नेशनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका निलम्बित महाप्रबन्धक सुनिल पौडेल दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबावु श्रेष्ठले उनलाई दोषी ठहर गरेका हुन् । 

पौडेललाई सजार्य निर्धारण गर्न वैशाख २५ मा पेशी तोकिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा पौडेलले राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न भनेर सफ्टवेर र हार्डवेयर खरिद गरेको तर सञ्चालनमा नल्याएर भ्रष्टाचार गरेको विशेष अदालतको ठहर छ । उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उपनिर्देशक पदमा कार्यरत थिए । २३ करोड २७ लाख ५८ हजार तिरेर खरिद गरिएको सफ्टवेयर सञ्चालनमा नल्याएर रकम दुरुपयोग गरेको विशेष अदालतको ठहर छ । 

सो मुद्दामा ८ जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा संजय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर ओली, रामशरण गायक, सफल श्रेष्ठ र मधु कुमार मरासिनी छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत