खेल

टोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका पाँच मापदण्ड निर्धारण

टोकियो ।  टोकियो २०२० का आयोजकहरूले नयाँ प्रमुखको छनौट गर्न पाँच मापदण्ड घोषणा गरेको छ । टोकियो ओलम्पिक २०२० को नेतृत्व चयन समितिका अध्यक्ष फुजियो मिताराइको नेतृत्वमा चयन समितिले योशिरो मोरीका उत्तराधिकारीका लागि आवश्यक पर्ने पाँच आवश्यकतामा सहमति जनाएको हो ।

मोरीको महिला माथि लैङ्गिक विभेद हुने गरी आएको टिप्पणीपछि ओलम्पिक समितिको आलोचना भएपछि उनले गत हप्ता राजिनामा दिएका थिए । 

खेल आयोजकले एक विज्ञप्ति जारी गरी भनेको छ, “नयाँ नेतृत्वमा ओलम्पिक खेलबारे गहिरो जानकारी, टोकियो २०२० खेलको सैद्धान्तिक पक्षको गहिरो ज्ञान भएको र खेलबारे विश्वव्यापी जानकारी रहेको तथा व्यवस्थापकीय कामका लागि क्षमतावान तथा दक्षता नेतृत्व चयनका लागि पाँच मापदण्ड हुने र त्यो गुणले सम्पन्न व्यक्ति मोरीको उत्तराधिकारी चयन हुनेछ।”

गाउँ सहर डेस्क

तपाईँको मत