राजनीति

‘पहिले नेतृत्व फेरौँ, राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाऔँ’: गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रूपान्तरणको लागि संसदीय दलको नेता फेर्नुपर्नेमा जाेड दिएका छन् ।

काठमाडौंको अनुपम फुडल्यान्डमा बुधबार बसेको बैठकमा बोल्दै थापाले पार्टी रूपान्तरणको लागि नयाँ ढंगले जानुपर्ने भएकाले अब सभापति शेरबहादुर देउवाबाट पार्टी चल्न नसक्ने बताएका हुन् । 

उनले देउवाबारे कडा टिप्पणी गर्दै अब उनीबाट पार्टी नचल्ने निष्कर्ष सुनाए। ‘संसदीय दलको नेता फेर्न आजैबाट लागौँ। अब शेखर कोइरालाालई बनाउने अघि बढौँ’, बैठकमा उनको भनाइ उद्धृत गर्दै नेता गोविन्दराज पोखरेलले भने, ‘देउवा नै नेतृत्वमा रहिरहने हो भने कांग्रेस यो भन्दा अझै खराब अवस्थामा पुग्छ।’ 

थापाले देउवामा पार्टी चलाउने कार्यक्षमता नरहेको पनि बताए। ‘महासमिति बैठक त समयमा गर्न नचाहने सभापतिले महाधिवेशन पनि समयमा गर्दैनन्’, उनले भने, ‘२०८२ मा कांग्रेसको पन्ध्रौँ महाधिवेशन पनि हुँदैन।’

उनले अहिलेबाटै एक भएर अघि बढ्न जरुरी रहेको बताए। ‘एक भएर आजैदेखि पहिले नेतृत्व फेरौँ’, उनले भने,  ‘त्यसपछि पार्टीभित्र र समूहभित्रका सानातिना विमत्ति मिलाउँदै जाउँला।’

बैठकपछि पनि महामन्त्री थापाले देउवालाई एउटा गुटको संरक्षकको संज्ञा दिए।

थापाले पार्टीले प्रतिनिधित्व गर्ने हरेक ठाउँमा मापदण्ड नबनाई एकलौटी निर्णय गरिँदा नेता कार्यकर्तालाई अन्याय भएको पनि बताए। 

‘हामीले अहिलेसम्म मापदण्ड बनाउन सकेका छैनौँ। पार्टीमा एकदमै अन्याय भएको छ। पार्टीका सभापतिले सबैलाई न्यायपूर्ण व्यवहार गर्नु भएको छैन’, उनले भने, ‘पार्टी सभापति आफैं एउटा समूहको संरक्षक भएका छन्। आफ्नो समूहलाई हेर्ने र अर्कोलाई हेर्ने नजर नै अर्को छ।’

राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड

महामन्त्री थापाले राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘१४ औं महाधिवेशपछि हामीले तीनवटा चुनाव भए तर हामीले अहिलेसम्म एउटा पनि मापदण्ड बनाउन सकेनौं । सभापतिले न्यायपूर्ण व्यवहार गर्नुभएन । उहाँले आफ्नो समूहमा भन्दा बाहिर हेर्नुभएन । त्यसैले यो पटकको राष्ट्रियसभाको निर्वाचनमा मापदण्ड बनाउनुपर्छ । न्यायपूर्ण ढंगले गर्नुपर्छ ।’

उनले राष्ट्रियसभाको निर्वाचनको टिकट वितरणमा देउवा कांग्रेस सभापति बन्न सक्छन् कि सक्दैनन् प्रष्ट हुने बताए । उनले आजको बैठकमा सुशासन र एकपछि अर्को आएको काण्डको विषयमा छलफल गम्भिर छलफल भएको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत