कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि बनायाे मापदण्ड
- गाउँ सहर संवाददाता
- १४ पौष शनिबार, २०८० | २३:०७:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ । बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सकिएपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले उम्मेदवारका मापदण्ड बनाइएको बताए ।
उनले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरु र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको बताए । बैठकले परिवर्तन भएको महासमितिको बैठकको मिति पनि अनुमोदन गरेको छ । त्यस्तै समुदायमा कांग्रेस भन्ने कार्यक्रमलाई माघ ७ गतेदेखि २२ गतेसम्म सम्पन्न गर्ने, जाजरकोट र रुकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरुको अस्थायी घर टहरा निर्माणमा एक हजार वटा बनाइसकेकोमा धन्यवाद दिने र बाँकी बनाउँदै जाने निर्णय गरेको बताए ।
त्यस्तै बैठकले सरकारबाट दिइने अस्थायी घर टहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरुलाई पनि प्रयोग गरेर चाँडोभन्दा चाँडो घरबार विहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने, शासनका क्षेत्रमा देखिएका केही समस्याहरुलाई केन्द्रीय समितिले उजागर गरेको र जनताले महसुस गर्नेगरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
बैठकले बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएकोबारे कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनेकुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको क्षतिमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू विस्तृतमा सार्वजनिक गर्न र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस