समाज

बलात्कार गरी फरार भएका चन्द बझाङबाट पक्राउ

धनगढी । प्रहरीले बलात्कार मुद्धामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

कैलालीमा २०७६ सालमा दर्ता भएको जबरजस्ती करणी मुद्दामा संलग्न भई हालसम्म फरार रहेका बझाङको जयपृथ्वी नगरपालिका–८ पैयातोलाका ४२ वर्षीय नरेन्द्रबहादुर  चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

प्रहरीका अनुसार बुधबार घरबाटै पक्राउ परेका चन्दलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत