अर्थतन्त्र

सुन तोलामा २०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो । 

महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ । रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु  ८९ हजार ९५०मूल्य निर्धारण भएको छ । 


त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३१५ मूल्य निर्धारण भएको महासंघले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत