खेल

इंग्लिस प्रिमियर लिग : चेल्सीले टोटेनहमलाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा टोटेनहमलाई चेल्सीले पराजित गरेको छ । बिहीबार राति भएको लिगको खेलमा चेल्सीले टोटेनहममाथि १—० गोलको जित हात पारेको हो ।

चेल्सीको जितमा जोर्गिन्होले खेलको २४ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बनेको थियो । 

इरिक डियरले चेल्सीका टिमो वेर्नरलाई फल गरेपछि चेल्सीले पेनाल्टी पाएका थिए । जितपछि चेल्सी अंक तालिकामा छैटौं स्थानमा उक्लिएको हो । चेल्सीले २२ खेलबाट ३६ अंक हात पारेको छ । 

टोटेनहम भने आठौं स्थानमा झरेको चित्त बुझाउनु परेको छ। उसले २१ खेलबाट ३३ अंक जम्मा गरेको छ । अंक तालिकामा म्यानचेस्टर सिटी २१ खेलबाट ४७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४४ अंक हात पारेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत