अर्थतन्त्र

सुनको मूल्य स्थिर 

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।  सुनको मूल्य स्थिर रहेपनि पनि चाँदी तोलाको २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ, तेजावी ९२ हजार १ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३८० रुपैयाँ तोकियको छ ।

सोमबार छापावाला सुन तोलाको ९२ हजार ६ सय रुपैयाँ, तेजावी ९२ हजार १ सय रुपैयाँ र चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत