प्रेरणा

यदि हामी हरेक इच्छाको पछाडि दगुर्छाैँ भने जीवनको शान्ति समाप्त हुन्छ

काठमाडौँ । सोचेर र बुझेर इच्छालाई पूरा गर्नुपर्दछ । नत्र जीवनमा कहिल्यैपनि शान्ति प्राप्त हुँदैन । जहिल्यै अशान्ति मात्र ।

यसै प्रसंगमा यो कथा मनन् गरौँ ।

प्राचिन समयमा एक विद्वान सन्त थिए । उनी गाउँ बाहिर कुटि बनाएर बस्दथे । दिनभर जप र ध्यान गर्दथे र जे पनि दान मिल्दथ्यो त्यसलाई खाने व्यवस्था गर्दथे ।

एकदिन गाउँको बजारमा पुगे । उनलाई एक दोकानमा छाेकडा (खजूर) को टोकरी देखियो । छाेकडा देखेर सन्तलाई खान मन लाग्यो, तर उनीसँग किन्नको लागि पैसा थिएन ।

अधूरो इच्छा लिएर सन्त आफ्नो कुटि फर्किए । तर, उनको पूरै ध्यान त्यहि छाेकडामा थियो । त्यो दिन उनले पूजा पाठ गर्न सकेनन् । राति राम्रोसँग निन्द्रापनि लागेन । विहान उठेर उनले सोचे कि छाेकडा खानु नै पर्छ । 

पैसा कमाउनको लागि जंगल दाउरा लिन पूगे ।

सन्तले जंगलमा यतिधेरै दाउरा संकलन गरे जसलाई बेचेर उनी छाेकडा किन्न सक्थे । दाउरा उठाएर बजारतर्फ लागे । दाउरा भारी थियो । बाटोमा धेरै ठाउँ आराम गर्दै उनी अगाडि बढे । केहि समयपछि उनी बजार पूगे । उनले दाउरा बेचे र प्राप्त पैसाले छाेकडा खरीद गरे ।

छाेकडा लिएर सन्त कुटितर्फ हिँडे । बाटोमा उनले सोचे - आज मलाई छाेकडा खाने इच्छा भयो, हुनसक्छ भोली राम्रो कपडा लगाउने इच्छा होला । फेरी कुनै दिन राम्रो घरको इच्छा होला, कुनै दिन राम्रो खाने इच्छा हुन थाल्नेछ । यसरी त म इच्छाको नोकर बन्नेछु । मलाई त भक्ति गर्नुछ । यदि इच्छा पूरा गर्नमा लागे म ध्यान कसरी गरुँला ?

यो सबै कुरा सोचेर सन्तले सबै छाेकडा एक गरिब व्यक्तिलाई दान गरे र आफ्नो कुटिमा गएर ध्यानमा बसे ।

यो छोटो कथाबाट यो शिक्षा प्राप्त गर्न सकिन्छ कि हरेक इच्छा पूरा गर्न लाग्ने हो भने उसको जीवनमा शान्ति हुँदैन । यदि जीवनमा शन्ति होस भन्ने चाहना भए इच्छालाई सोचेर र बुझेर पूरा गर्नु पर्दछ । जुन इच्छा गैरजरुरी छ, त्यसको पछाडि हिँड्नबाट बच्नुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत