प्रेरणा

‘कठिन समयमा पनि हाँस्न बन्द नगर्नुहोस्, हाँसेर नै दुःख कम गर्न सकिन्छ’

काठमाडौँ । जीवनमा सुख र दुःख आउनु अनि जानु भइनै रहन्छ । जब अचानक कुनै दुःख आए, त्याे समयमा पनि हामीलाई हाँस्दै सामना गर्नु पर्दछ । हाँस्दा सकारात्मकता प्राप्त हुन्छ ।

यसै सन्दर्भमा याे कथा मनन गराैँ ।

प्राचिन समयमा एक राजालाई युद्ध गर्ने शौख थियो । जब उनी युद्धमा जान्थे तब उनको खानपानको यतिधेरै सामान हुन्थ्यो कि जसलाई लैजानको लागि ३०० भन्दा बढी हातिको आवश्यकता पर्दथ्यो ।

एकपटक राजा युद्धमा गए तर शत्रु उनीमाथि हावी भए । शत्रुले राजालाई हराए र उनलाई नजरबन्द गरे । राजाका सबै हातिलाई अर्का राजाले जफत गरे ।

त्यसपछि राजा कैदि जस्तै भए ।

एक दिन राजाको पुरानो भान्से उनीसँग भेट्न आए । भान्सेलाई देखेर राजाले भने- मलाई धेरै भोक लागेको छ, के मेरोलागि खाना बनाइदिन्छौ ?

भान्सेले कसैगरी रोटी र तरकारीको व्यवस्था गरे र सानो भाँडामा लिएर राजाकोमा पुगे । भान्सेले खाना राजाको अगाडि राखे । राजाले भाँडो उठाउन लाग्दा एउटा कुकुर त्यहाँ पुग्यो र भाँडोमा मुख हाल्यो ।

भाँडोको मुख सानो थियो । यसकारण कुकुरको अनुहार भाँडामा फस्यो र डरले कुकुरले भाँडा लिएर भाग्यो । यो देखेर राजालाई हाँसो आयो ।

भान्सेले यो कुरा बडो ध्यानसँग हेरिरहेका थिए । राजालाई हाँसेको देखेर उसले सोधे- तपाईं किन यसरी हाँसिरहनु भएको ? अत्यन्तै मुश्किलबाट तपाईंको लागि खाना ल्याएको थिएँ, तपाईंलाई धेरै दिनमा राम्रो खाना मिलेको थियो त्यैपनि कुकुरले लिएर भाग्यो, तपाईं हाँसिरहनुभएको छ ।

राजाले भने- म यो सोचेर हाँसिरहेको छु, कुनैबेला मेरो खाना लैजानको लागि ३०० हातिको आवश्यकता पर्थ्याे तर आज एउटा कुकुरले मेरो खाना लिएर भागिरहेको छ ।

शिक्षाः अवस्था कहिले परिवर्तन हुन्छ, कसैलेपनि भन्न सक्दैन । यसकारण जब मुश्किल समय आउँछ, त्यो बेलापनि हामीलाई हाँस्दै सामना गर्नु पर्दछ । हाँसिरहँदा दुःखलाई कम गर्न सकिन्छ । तर हाँस्ने भन्दैमा नक्कचराे बन्नुचाहिँ हुँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत