समाज

खैरो हिरोइनसहित एक जना पक्राउ

काठमाडौँ । खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिका–८ स्थित रमणबस्तीबाट २३ लाख ४० हजार रुपैयाँ र २५.२ ग्राम खैरो हिरोइन सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धादिङको खनियावास गाउँपालिका–४ घर भई टोखा–८ बस्दै आएका ३१ वर्षीय मनिस भनिने दुर्गासिंह तामाङ रहेका छन् । 

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्युरोले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत