समाज

बलात्कार गरी फरार रहेका भारतीय नागरिक पक्राउ

वीरगंज । बलात्कार गरी फरार रहेका भारतीय नागरिक पक्राउ परेका छन् । बीरगंजमा शनिवार बालिकालाई बलात्कार गरी फरार रहेका भारतीय नागरिकलाई पर्सा प्रहरीले आज पक्राउ गरेको हो ।

भारत विहार थाना पलनवा ग्राम पञ्चायत लौकरिया वडा नंम्बर ५ स्थायी घर भई वीरगंजमा साथीको घरमा डेरा खोज्ने बहानामा आइपुगेका ३५ वर्षीय नेहाल मियाँलाई शनिवार राति बालिकालाई बलात्कार गरी फरार रहेकोमा पर्सा प्रहरीले अभियुक्तलाई आज बिहान बीरगंजबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका मियाँविरुद्ध आज पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मनोजित कुँवरले जानकारी दिएका छन् ।

साथीका घरमा आएका अभियुक्त मियाँले रातको समयमा बालिकालाई बलात्कार गर्दा उनी चिच्याएपछि घर परिवारले थाहा पाएको र घटनापछि अभियुक्त फरार भएको कुँवरले जानकारी दिए ।

बालिकाका बुवा र अभियुक्त नेहाल मियाँ साथी भएको र उनी कोठा खोज्न भन्दै साथीको घरमा पाहुना भएर बसेका थिए । सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएको प्रवक्ता कुँवरले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत