समाज

पेस्तोलसहित एक जना पक्राउ

सर्लाही । पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेका छ । 

मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिएका छन् । प्रहरीले “उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद गरेको छ ।

भारतसँग खुला सिमाना रहेको प्रदेश नंम्बर २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरिरहेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत