पोखरामा कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान
- गाउँ सहर संवाददाता
- ८ माघ बिहीबार, २०७७ | २०:५०:०० मा प्रकाशित
पोखरा । कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा बैंकमा क्रियाशिल दुईवटा कर्मचारी संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ र कृषि विकास वैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा ५४ युनिट रगत संकलन गर्दै खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संयुक्तरुपमा आयोजित रक्तदान कार्यक्रमको अध्यक्षता दुवै युनियनका अध्यक्ष भेषराज घिमिरे एवं बद्रिनारायण पौडेलले संयुक्त रुपमा गरेका थिए । कृषि विकास बैंक, पोखराको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रमको संचालन कृषि विकास वैंक लि कर्मचारी संगठनका सह–संयोजक सन्तोष थापाले गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र सुवेदीले दिएका थिए ।
कार्यक्रममा मुख्य शाखा प्रबन्धक माधव रिजाल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे तथा प्रमुख अतिथि निर्देशक रघुनाथ न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए ।
वार्षिकोत्सवकै अवसरमा पोखरा विन्ध्यवासिनी मन्दिरमा शुद्ध पिउने पानीको लागि मेसिन वितरण गरिएको छ । मन्दिर व्यवस्थापनको तर्फबाट तीर्थ श्रेष्ठलाई कृषि विकास बैंकका निर्देशक रघुनाथ न्यौपानेले सामग्री हस्तान्तरण गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस