पोखरामा कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान
- गाउँ सहर संवाददाता
- ८ माघ बिहीबार, २०७७ | २०:५०:०० मा प्रकाशित

पोखरा । कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा बैंकमा क्रियाशिल दुईवटा कर्मचारी संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ र कृषि विकास वैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा ५४ युनिट रगत संकलन गर्दै खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संयुक्तरुपमा आयोजित रक्तदान कार्यक्रमको अध्यक्षता दुवै युनियनका अध्यक्ष भेषराज घिमिरे एवं बद्रिनारायण पौडेलले संयुक्त रुपमा गरेका थिए । कृषि विकास बैंक, पोखराको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रमको संचालन कृषि विकास वैंक लि कर्मचारी संगठनका सह–संयोजक सन्तोष थापाले गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र सुवेदीले दिएका थिए ।
कार्यक्रममा मुख्य शाखा प्रबन्धक माधव रिजाल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे तथा प्रमुख अतिथि निर्देशक रघुनाथ न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए ।
वार्षिकोत्सवकै अवसरमा पोखरा विन्ध्यवासिनी मन्दिरमा शुद्ध पिउने पानीको लागि मेसिन वितरण गरिएको छ । मन्दिर व्यवस्थापनको तर्फबाट तीर्थ श्रेष्ठलाई कृषि विकास बैंकका निर्देशक रघुनाथ न्यौपानेले सामग्री हस्तान्तरण गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस