अल्फा एकेडेमीको २५ औँ वार्षिकोत्सव सम्पन्न
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण सोमबार, २०८२ | १९:२१:०० मा प्रकाशित
पोखरा । पोखरा–२६, कालिका चोकमा अवस्थित अल्फाएकेडेमीको २५ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा. डा. अजय थापाले विद्यालयहरूले अल्फा जेनेरेसनलाई जति धारिलो बनाउन सक्छन् उति नै नेपालको भविष्य सुन्दर बन्नेमा उनले जोड दिए । नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यालयको शिक्षालाई ज्ञानबाट सिप र सिपबाट व्यवहारतर्फ केन्द्रित गर्न खोजेको जानकारी दिए । विद्यालयको प्रगति विवरण एवम् भावी कार्यक्रमको खाका प्रस्तुत गर्दै विद्यालयका प्राचार्य रमेशराज पौडेलले अल्फा एकेडेमीले समग्र शैक्षिक विकासमा नवीन कार्यक्रमहरू गर्दै गइरहेको बताए ।
कार्यक्रममा दुई दशक लामो सेवा गरेवापत शिक्षक राजु सुनार र कर्मचारी खिममाया भुजेललाई दीर्घ सेवा पदकबाट सम्मानित गरिएको थियो । विद्यालयका लागि जग्गा उपलब्ध गराएकामा जग्गाधनी क्षेत्रबहादुर रानाभाट र मैयाँदेवी रानाभाटलाई सम्मान गरिएको थियो । साथमा विद्यालयको नवनिर्मित भवनको निर्माण सम्पन्न गरेकामा व्यवसायी एवम् मेगाटेक इन्जिनियरिङका निर्देशक ई.विश्व कर्माचार्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीका तर्फबाट अल्फा बाल क्लबका संस्थापक अध्यक्ष आदेश भण्डारीले, वर्तमान अध्यक्ष प्रशंसा शर्मा, अभिभक रेखा ओझाले बोलेका थिए । विद्यार्थीहरूले प्रत्यक्ष गायन, वाद्यवादन, नृत्यलगायत विविध सांस्कृतिक, मनोरञ्जनात्मक एवम् सन्देशमूलक प्रस्तुति पस्केका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा स्वागत मन्तव्य अल्फा बाल क्लबकी उपाध्यक्ष परिञ्जल त्रिपाठीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक विभाग प्रमुख सञ्जीव पौडेलले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस