राष्ट्रिय महिला लिग फुटबल आजबाट : दुई विभागीय टिम भिड्दै
- गाउँ सहर संवाददाता
- ७ माघ बुधबार, २०७७ | ०८:३८:०० मा प्रकाशित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेलसँगै महिला लिग सुरु हुनेछ ।
आर्मी र पुलिसबीचको उद्घाटन खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
काठमाडाैं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।
तीन विभागीय टोली (शसस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई नि:शुल्क प्रवेशको सुविधा दिएको छ । उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन् ।
फाइनल चरणका खेल विराटनगरमा गर्ने तयारी हुँदै गर्दा कोरोना भाईरसका कारण प्रतियोगिता सरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस