प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै
- गाउँ सहर डेस्क
- २ माघ शुक्रबार, २०७७ | १२:५९:०० मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ गर्ने निर्णय गरेको हो । आर्मीले केहीबेर अघिसम्म २३ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान राजु रिजालले ७१ बलमा ४५ रन बनाए । यस क्रममा उनले १ छक्का र ४ चौका प्रहार गरे ।
यस्तै हरिकृष्ण झा १४ रन बनाएर पवेलियन फर्किए । उनले ४८ बल खेल्दै एक चौका हाने । यसैगरी रोहित पौडेलले १० रन मात्र बनाए । अहिले कप्तान विनोद भण्डारी र भीम सार्कीले ब्याटिङ गरिरहेका छन् ।
यस्तै बलिङतर्फ गण्डकीका लागि यही माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ । सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नंम्बर १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नंम्बर २ र सुदूरपश्चिम प्रदेश छन् ।
दुवै समूहको शीर्ष दुई दुई टोलीले सेमिफाइनलको यात्रा तयार गर्नेछन् । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस